SEE : नतिजा परिणाममा चित्त नबुझ्ने विद्यार्थीलाई पुनर्योग गर्न र उत्तरपुस्तिका हेर्न पाउने

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेसँगै परिणाममा चित्त नबुझ्ने विद्यार्थीलाई पुनर्योग गर्न र उत्तरपुस्तिका हेर्न पाउने व्यवस्था गरेको छ। 

बोर्डका सदस्य सचिव जङ बहादुर अर्यालले जारी गरेको विज्ञप्तिअनुसार विद्यार्थीले अनलाइनमार्फत पुनर्योगका लागि आवेदन दिन सक्नेछन्। 


यसका लागि परीक्षार्थीहरूले जेठ १ गतेदेखि जेठ ७ गतेसम्म बोर्डको वेबसाइटमार्फत आवेदन फाराम भर्नुपर्नेछ। सोही अवधिमा उत्तरपुस्तिका अवलोकन तथा पुनः परीक्षणको सुविधा पनि उपलब्ध हुनेछ। 

यस वर्ष नियमिततर्फ ४ लाख ३० हजार ६६७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए। तीमध्ये २ लाख ८४ हजार १६० विद्यार्थी ग्रेडेड भएका छन्, जुन कुल परीक्षार्थीको ६५.९८ प्रतिशत हो। 

१ लाख ४६ हजार ५०७ विद्यार्थी ननग्रेडेड भएका छन्। बोर्डले उनीहरूका लागि असार १ गतेदेखि ९ गतेसम्म पूरक परीक्षा सञ्चालन गर्ने जनाएको छ।

Post a Comment

0 Comments