बिना थीङ तामाङको 'रातोघर' बजारमा

उद्धव तमाङ, काठमाडौं ।  भाद्र २५ गते शुक्रबार तमू बौद्ध सेवा समितिको सभाहल अनामनगरमा एक कार्यक्रमका बीच "रातोघर" जन्मेको छ यानिकी "रातोघर" नामक कृतिको लोकार्पण भएको छ ।

भदौरे झरी सँगै कवि विना तामाङ ‘सुनगाभा’ले कविता संग्रह ल्याएकी छन्, भने यो उनको दोस्रो सन्तानको रुपमा लिएको हो ।  केही वर्षअघि कथा संग्रह ‘छुकी’ ल्याएकी उनको यो भने पहिलो कविता संग्रह हो।

नेपाली र तामाङ दुवै भाषामा प्रकाशित यस कृतिको भाषाविद् तथा तामाङ साहित्य एकेडेमीका कुलपति अमृत योञ्जन,  बरिस्ठ साहित्यकार उषा शेरचन,निबन्धकार कुमारी लामा लगायतकाले एकमुष्ठ लोकार्पण गरे।

योञ्जनले विनाको कृतिमा प्रकाश पार्दै भने तामाङ समाज, संस्कृति र जीवनशैलीका विभिन्न आयाम यस कृतिमा भेटिने दाबी समेत गरेका थिए ।

त्यस्तै बरिस्ठ साहित्यकार उषा शेरचनले विनाको कविता लेखन सशक्त रहेको दाबी गर्दै अहिलेको समयको पीडा, सामाजिक प्रताडनादेखि वैदेशिक रोजगारसम्मका सन्दर्भ कवितामा समेटिएको बताउदै कविता वाचन गरेर समेत  सुनाइन्।

त्यसै गरि संचारकर्मी तथा कवि रमेश पौडेलले विनाका कवितामा तामाङ समाजका मिथ, पात्र र विषयसँगै आमनेपाली समाजका मनोदशासमेत प्रष्ट हुने कुरालाई जोड्दै आफ्नो मन्तब्यमा दाबी गरे।

यसै गरि कार्यक्रममा फूलमान वल, दीपेन्द्र दोङ, बुद्ध योञ्जन, रमेश कँडेल लगायतले पनि कृतिमाथि शुभ कामना सहित टिप्पणी समेत गरेका थिए ।

साथै कार्यक्रममा उपस्थित उमा सुवेदी, कुमारी लामा, लक्ष्मी रुम्बा, उद्धव न्यौपाने लगायतले विनाका रातोघर कृतिबाट कविता वाचन गरेर सबैलाई आनन्द समेत दिएका थिए।

यस कृतिलाई विश्व नेपाली साहित्य महासंघले बजारमा ल्याएका हुन् भने यस कृति भित्र ४० वटा कविताहरू समाबेश छन्। कार्यक्रममा संचारकर्मी र साहित्य प्रेमीको बाक्लै उपस्थिति थियो भने अन्तमा चियापान सहित कार्यक्रम समापन गरिएको थियो । 

Post a Comment

0 Comments